नवलपरासीमा फेलापरेको बम सेनाद्वारा निस्क्रिय
नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा बुधबार फेलापरेको प्रेसरकुकर बमलाई नेपाली सेनाले निस्क्रिय पारेको छ । परासीस्थित निर्माण व्यवसायी संघको ढोकानजिक फेलापारिएको प्रेसरकुकर बमलाई बज्रदल गण परासीबाट उपसेनानीको कमान्डमा खटिएको टोलीले निस्क्रिय पारेको हो । बम कसले र किन राखेको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed