रोहित कुमार महतो, फाल्गुन २५
जकपुरधाम
अचेल विद्यार्थीहरु विद्यालयकै समयमा धुम्रपान गरिरहेको देखिएको छ । खास गरि कक्षा ८ देखी कक्षा १० सम्मका विद्यार्थीहरु धुम्रपानको कुलतमा फसेका देखिन्छन । उनीहरु विद्यालयमा पढाई भइरहेकै समयमा ५ मिनेट गर्न जाने बहानामा विद्यालय बाहिर निस्केर बाहिर जाने र बाहिरका साथीहरुसंग मिलेर यस्ता क्रियाकलाप गरेको पाइएको छ ।
धुम्रपानले के फाईदा वेफाईदा हुने र यसले निमत्याउन सक्ने सम्स्याहरुको बारेमा नबुझेर धुम्रपानको कुलतमा फसेको देखिएको छ । खासगरि उनीहरु अरुको देखासिकीमा चुरोट, गाँजा, गुटखा, पानपराग, राजनिवास जस्ता हानिकारक पदार्थहरु सेवन गरिरहेको देखिएको छ ।
धुम्रपानको कुलतमा विद्यार्थीहरु घरबाट विद्यालयमा पढ्न जाने तर बाटैमा साथीहरुसंग यी क्रियाकलापमा लागेको देखिएको छ । आपm्नो विद्यार्थीलाई विद्यालयमा नियमित पठाउँदै गरेको तर एक दिन विद्यालयमा जाँदा तपाईँको विद्यार्थी कहिलेकाही मात्र पढ्न आउने गरेको शिक्षकले गुनासो गरेको अभिभावक राम दुलार पासवान बताए । उनले भने, ‘ विद्यालयमा त विद्यार्थीलाई सधँै पठाउँदै गरेको छु तर उ नियमित स्कूल नगएको कुरा थाहा पाएँ , एक दिन विद्यालयमा जाँदा एउटा शिक्षक तपाईँको विद्यार्थी विद्यालयमा कहिलेकाही मात्र विद्यालय आउने गरको बताए ।’
विद्यार्थीहरु घरबाट प्राय सधैँ निस्कने तर उनीहरु बाहिरै नशालु पदार्थ सेवन गर्ने गरेको र छुटी हुने समयमा घर फर्किने गरेको बताउनु हुन्छ शिक्षक राम विहारी यादव । उनले भने, ‘विद्यार्थीलाई घरबाट बाटोमा आई रहेको सधैँ हेर्छु तर उ कक्षामा कहिलेकाहीँ मात्र उपस्थित हुने गरेको छ, अचेल छुटीको समयमा नशा सेवन गरको अवस्थामा हेर्छु ।’
‘ड्रग्स’ ले विद्यार्थीहरु बढी प्रभावित भएको र यसको निराकरण जरुरी रहेको बताउनुहुन्छ । समुदायिक विद्यालय अब स्थानिय सरकारको अधिनमा आइसके पनि यसको व्यवस्थापनमा सुधार आउन नसकेको देखिएको छ । समुदायिक विद्यालयका अभिभावकहरुलाई पनि विद्यालयको गतिविधि र विद्यार्थीरुप्रति निगरानी राख्न जरुरी रहेको बुद्धिजिवीहरु बताउँछन् ।
