सुनसरी, माघ २२ । सुनसरीको धरान उपमहानगरपालिकाको बजेट चालु आर्थिक वर्षको तुलनामा ११ करोड रुपैयाँ घटेको छ ।
धरान उपमहानगरपालिकाले गत वर्ष १ अर्ब ४ करोडको बजेट विनियोजन गरेको भएपनि आगामी आर्थिक वर्ष २०७३÷७४ का लागि ९३ करोड रुपैयाँको बजेटमात्र विनियोजन गरेको छ ।
उपमहानगरपालिकाको हालैसम्पन्न २३औं नगरपरिषदले ८५ करोड २५ लाख रुपैयाँ बराबर पूँजीगत र ८ करोड १३ लाख रुपैयाँ चालु खर्च गरी कुल ९३ करोड ३९ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको हो ।

