Monday, September 3, 2018
Home > राजनीति > धनुषामा कांग्रेसका क्षेत्रीय प्रतिनिधि यादवको हत्या

धनुषामा कांग्रेसका क्षेत्रीय प्रतिनिधि यादवको हत्या

congress-flage-super-final-new3

धनुषा । विवादकै कारण महाधिवेशन कार्यक्रम नै स्थगित रहेको धनुषामा निर्वाचन क्षेत्र नम्बर १ का कांग्रेस क्षेत्रीय प्रतिनिधि राजेन्द्र यादवको हत्या गरिएको छ । उनलाई शुक्रबार राति अज्ञात समूहले उनकै निवास बालाबखर गाउँ विकास समितिमा हत्या गरेका हुन् ।
हत्याराको खोजी भए पनि कसले गरेको हो भन्ने यकिन हुन सकेको छैन । धनुषामा आजै क्षेत्रीय अधिवेशन हुँदै थियो । तर यादवको हत्यापछि अधिवेशन स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *