Friday, September 7, 2018
Home > राष्ट्रिय > देउवाको घोषणाः माओवादी-कांग्रेस गठबन्धन दीर्घकालसम्म

देउवाको घोषणाः माओवादी-कांग्रेस गठबन्धन दीर्घकालसम्म

‘महिलाहरुले पुरुषले भन्दा कम झगडा गर्ने दाबी

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीसँग आगामी संसदीय चुनावपछि पनि दीर्घकालीन सहकार्य गरिने बताएका छन् ।

भरतपुर महानगरपालिकाको चुनावी सभालाई सम्वोधन गर्न प्रधानमन्त्री प्रचण्डसँगै विहीबार एउटै विमान चढेर भरतपुर आएका देउवाले प्रचण्डको चाहना पनि कांग्रेससँग दीर्घकालीन सहकार्य गर्ने रहेको बताए ।

भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीवीच भएको तालमेलको प्रशंग कोट्याउँदै कांग्रेस सभापति देउवाले भने- नेपालमा यसको धेरै ठूलो राजनीतिक महत्व छ, अहिले हाम्रो संयुक्त सरकार छ । स्थानीय चुनावमा मात्रै होइन, प्रान्तीय र संसदीय चुनावपछि पनि हामी संँगसँगै जान सक्छौं । माओवादी र कांग्रेसको सहकार्यका धेरै दिनसम्म अगाडि लानुपर्ने अबको आवश्यता छ । प्रचण्डजीको चाहना पनि यही छ ।’

बाह्रबुँदे समझदारी हुँदा आफू जेलमा रहेको बताउँदै देउवाले गिरिजाबाबु र प्रचण्डको नेतृत्वमा भएको सोही सहकार्यले राष्ट्रिय मेलमिलाप गराएको बताए ।

उनले अगाडि भने- ‘त्यही गिरीजाबाबुको नेतृत्वमा भएको सहमतिपछि बनेको यो संविधान कार्यान्वयन गर्न जरुरी छ । त्यसैले हिजोका कुरा गर्ने कामै छैन, अब अगाडि बढ्ने हो । भोलिको सुनौलो भविश्य हेर्नुपर्छ ।’

पोखराको साटो भरतपुरमा माओवादीलाई साथ

कांग्रेस सभापति देउवाले भरतपुर महानगरपालिकामा माओवादीलाई सघाउनुको कारण खोतल्दै यसको दीर्घकालीन राजनीतिक अर्थ रहेको बताए । उनले पोखरा महानगरपालिकामा माओवादीले कांग्रेसलाई सघाएका कारण भरतपुरमा कांग्रेसले माओवादीलाई सघाएको स्पष्ट पारे ।

कांग्रैस महामन्त्री डा. शशांक कोइराला र मन्त्री बालकृष्ण खाँडलाई समेत लिएर संयुक्त चुनावी सभामा पुगेका देउवाले भने – ‘पोखरामा माओवादीले हामीलाई मेयरमा समर्थन गरेकोमा हामीले भरतपुरमा प्रचण्डकी पुत्रीलाई समर्थन गरेका हौं, जसले झुक्याए पनि कसैका कुराका पछि नलाग्नु होला । यहाँ हामीले सहयोग गरेनौं भने उता -पोखरामा) हामीलाई असर पर्छ ।’

महिलाहरु झगडा गर्दैनन्

देउवाले महानगरका संयुक्त उम्मेदवार रेणु दाहाल र उपमेयर उम्मेदवार पावर्ती शाहलाई लक्षित गर्दै भने- ‘हामीले मेयर र उपमेयर दुबैमा महिलालाई दिएका छौं, हेरौं न एकपटक । महिलाहरु झगडा कम गर्छन् । लोग्नेमान्छे जस्तो झगडा गर्दैनन् । हेरौं न एकपटक महानगरपालिकामा महिलाहरुले कसरी नेतृत्व गर्दारहेछन् ।

पहाड र मधेसको वीचमा झगडा गराउनेबाट सतर्क होऔं

कांग्रेस सभापति दउवाले पहाड र मधेसको वीचमा झगडा लगाउनेहरुबाट सर्तक बन्नुपर्ने बताए ।

‘कसैले पहाडको मात्रै, कसैले मधेसको मात्रै कुराहरु गरेका छन् । पहाडको मात्रै कुरा गर्ने मधेसको विरोध गर्नेले के गर्छ देशलाई ?’ देउवाले भने- ‘पहाड र मधेसको वीचमा झगडा गराउनेहरुबाट सतर्क हुनुपर्छ । मधेसी, पहाडी, हिमाली, आदिवासी, जनजाति, महिला सबैको देश हो यो । र बैको वीचमा राष्ट्रिय मेलमिलाप हुन जरुरी छ ।’

Source : Onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *