कपिलवस्तु । तौलिहवा उद्योग वाणिज्य संघको पाँचौ अधिवेशनले व्यवसायी गयादिन कुर्मी (दिपु)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कुर्मी निकटम प्रतिद्धन्द्धी धीरजकुमार गुप्तालाई झन्डै २ सय मत बराबरले पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुर्मीले आफू व्यवसायिक हक–हीत र अधिकारका लागि तत्परतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन् ।
