Friday, September 7, 2018
Home > राजनीति > तीन शीर्ष नेताहरु हेलिकप्टरमार्फत् भूकम्प प्रभावित जिल्लामा

तीन शीर्ष नेताहरु हेलिकप्टरमार्फत् भूकम्प प्रभावित जिल्लामा

नुवाकोट । प्रमुख तीन दलका शीर्ष नेताहरु बुधबार एकसाथ भूकम्प प्रभावित जिल्लाहरुको अवलोकनमा निस्केका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल हेलिकप्टरमार्फत् नुवाकोट पुगेका छन् ।

सुरक्षा निकायका प्रमुखहरुसहित प्रभावित क्षेत्रको भ्रमणमा निस्केका नेताहरुले भूकम्पपीडितको अवस्था, उद्धार र राहत वितरणबारे जानकारी लिएका छन् । तीन शीर्ष नेताहरु बुधबारै धादिङ पनि जानेछन् ।

यसअघि, प्रधानमन्त्री कोइरालाले गोरखा र सिन्धुपाल्चोक पुगेर भूकम्पपीडितहरुको अवस्थाबारे जानकारी लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *