Friday, September 7, 2018
Home > खेलकुद > ट्राई सिरिज: भारत र श्रीलंका भोली भिडदै

ट्राई सिरिज: भारत र श्रीलंका भोली भिडदै

जनकपुरधाम, फाल्गुन २७ ।
भारत र श्रीलंकाको बिचमा सोमबार ट्राई सिरिजको चौंथो खेल खेल्ने छ । भारतको दृष्टिकोणले यो सिरिज त्यती राम्रो भएको छैन । भारतीय टिमलाई आफ्नो पहिलो म्याच श्रीलंका सँग हार व्यहोर्नु परेको थियो । तर अर्को खेलमा भारतले बांगलादेशलाई हराउँदै आफ्नो पहिलो जित निकालन सफल भएको थियो । अब फेरी भारतको अर्को म्याच भोलि श्रीलंका सँग हुन गई रहेको छ। यस सिरिजमा तिनटै टोलिले दुई म्याचमा एक÷एक खेल जित्दै बराबरीमा रहेको छ । तर नेट रनको हिसाबले श्रीलंका पहिलो स्थानमा रहेको छ । भोलि हुने खेलमा यदि भारतले जित्यो भने भारत पहिलो स्थानमा पुग्ने पक्का भएको छ । भारतीय ओपनर ब्याटसमान शिखर धवन आफ्नो र्फममा रहेको छ । धवनले आफ्नो पछिल्ला २ म्याचमा अर्धशतक प्रहार गरेका छन् भने रोहित शर्मा अहिले सम्म राम्रो प्रदर्षण गर्न सकेको छैन् । रोहित शर्माले आफ्नो अन्तिम पाँच म्याचमा क्रमशः १७,०,११,० र २१ रन बनाउन सफल भएको छ ।
भारतीय अर्को खेलाडीहरु मनीष पांडे (३७,२७) रन बनाई राम्रो प्रदर्षण गरिरहेका छन् भने वापसी गरेको सुरेश रैना र दिनेश कार्तिक समेत राम्रो प्रदर्षण गरि रहेका छन् । त्यसतै बलिङ्गमा जयदेव उनादकटलाई लगातार प्रदर्षण गर्ने आवश्यक्ता रहेको छ । यो बलरले आफनो दुई म्याचमा ४ विकेट लिएका छन् । त्यस्तै युवा खेलाडी तथा अनुभव नभएको बलर वाशिंगटन सुंदर, युजवेन्द्र चहल र विजय शंकर समेत राम्रो प्रदर्षण गरिरहोका छन् ।
त्यस्तै श्रीलंकाको अवस्था पनि परिवर्तण भएको छ । पछिल्लो म्याचमा बांगलादेशले मुश्फिुर रहीम ३५ बलमा ७२ रनबनाएको प्रदर्षणको कारणले १९.४ ओभरमा पाँच विकेटको क्षतिमा २१५ रन बनाई विजय हासिल गरेको थियो ।
त्यस्तै श्रीलंकाको ब्याट्समान कुसाल मेंडिस र कुसाल परेरा राम्रो र्फममा रहेका छन् ।

टीम यस प्रकार रहेको छ ः

भारतः रोहित शर्मा (कप्तान), शिखर धवन (उप कप्तान), लोकेश राहुल, सुरेश रैना, मनीष पांडे, दिनेश कार्तिक (विकेटकीपर), दीपक हुड्डा, वाशिंगटन सुंदर, युजवेंद्र चहल, अक्षर पटेल, विजय शंकर, शार्दुल ठाकुर, जयदेव उनादकट, मोहम्मद सिराज र रिषभ पंत (विकेटकीपर) ।

श्रीलंकाः दिनेश चांदीमल (कप्तान), सूरंगा लकमल (उप कप्तान), उपुल थरंगा, धनुष्का गुणतिलक, कुसाल मेंडिस, दासुन शनाका, कुसाल जनिथ परेरा, तिसारा परेरा, जीवन मेंडिस, इसुरू उदाना, अकिला धनंजय, अमिला अपोंसो, नुआन प्रदीप, दुष्मंत चामीरा, र धनंजय डि सिल्वा ।

एजेन्सीको सहयोगमा राजा झा

Leave a Reply

Your email address will not be published. Required fields are marked *