Friday, September 7, 2018
Home > स्थानीय > ज्वालामुखी गाउँपालिका धादिङका अध्यक्षमाथि आक्रमण, ७ घाइते

ज्वालामुखी गाउँपालिका धादिङका अध्यक्षमाथि आक्रमण, ७ घाइते

धादिङबेसी । धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्ष विनोद तिमिल्सिनामाथि सांघातिक आक्रमण भएको छ । आक्रमणबाट तिमल्सिनासहित सात जना घाइते भएका छन् ।

विजय जुलुसबाट फर्किरहेका बेला एमाले कार्यकर्ताहरुले घेरा हालेर आक्रमण गरेको घाइतेहरुले बताएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेसी ल्याइदै छ ।

कांग्रेस धादिङका सचिवसमेत रहेका तिमिल्सिना एमाले उम्मेदवार रामप्रसाद अधिकारीलाई २४ मत अन्तरले पछि पार्दै ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी जानुका सिंखडा विजयी भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *