काठमाडौं, २६ पुस –जयप्रकाश गुप्ता र मातृका यादवले संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन् । गुप्ताको तराई मधेश राष्ट्रिय अभियान र यादवको संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिबीच संयुक्त सहकार्य भएको छ । मधेश मिडिया हाउसमा शनिबार आयोजित कार्यक्रममा आन्दोलनको घोषणा गर्दै पाच बुादे अवधारणा सार्वजनिक गरेको छ । कार्यक्रममा बोल्दै अभियानका संयोजक गुप्ताले नया बन्ने संविधानमा मधेशीको अधिकार सुनिश्चित हुने कुनै संकेत नदेखिएको दाबी गरेका छन् । उनले आन्दोलनको कुनै विकल्प नरहेको बताएका छन् ।


कार्यक्रममा जारी गरिएको विज्ञप्तिमा समग्र मधेश एक प्रदेशअन्तर्गत अग्राधिकारसहितको विशेष क्षेत्र, संरक्षित तथा स्वायत्त क्षेत्रहरु, राष्ट्रिय आत्मनिर्णयको अधिकार, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, स्वायत्त शासन, राज्यको सम्पूर्ण निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्व, समान मताधिकार, धर्म निरपेक्षता, मधेशमा भइरहेको आन्तरिक तथा बाह्य बसाईसराई नियन्त्रण र भ्रष्टाचार मुक्त एवं जनताप्रति उत्तरदायी सरकारलगायतका मागहरु सार्वजनिक गरेका छन् । त्यसैगरी, जनजिविकासाग सम्बन्धित मुद्दाहरु समान शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् । कृषिलाई वैज्ञानिकीकरण गर्ने, राष्ट्रिय उद्योगहरुको पुन: संचालन र नयाा उद्योगहरुको स्थापना, विनाशको स्थितिमा पुगेको चुरे लगायतमा रहेको वन जंगलको सुरक्षा र विकास, राष्ट्रिय हुलाकी राजमार्गको निर्माण र दुवै राजमार्ग जोड्ने सडकहरुको निर्माण गर्नुपर्ने माग गरिएको छ ।
