महोत्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका फोरम र राजपा गठबन्धनका संयुक्त उम्मेदवार डा.सुरेन्द्र यदवले मधेशको अधिकार र विकासको लागि आफ्नो पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । लामो मधेश आन्दोलनमा गरिब असहाय एवं विपन्न परिवारका लागि जनकपुरमा खाद्यान्न संकलन तथा वितरण अभियान चलाएका डा.यादवलले भने ‘ जसरी आन्दोलनलाई उर्जा तपाईहरुले सयौं क्वीन्टल चामल,दाल, तकारी लगायतको खाद्यान्न सहयोग गर्नु भो, त्यसरी नै अव मधेशलाई अधिकार सम्पन्न बनाउन आफ्नो अमूल्य मत दिएर सहयोग गर्नुहोस् ’ ।
डा.यादवले चुनावको महत्वपूर्ण घडिमा मधेशी जनताले को आफ्नो र को पराई पार्टी र उम्मेदवार छुट्याउने अवसर यहि रहेको बताए । मधेशी जनताले एकपटक अधिकारको लागि भएको दोश्रो मधेश आन्दोलनलाई स्मरण गर्न आग्रह गर्दै डा.यादवले त्यो स्मरणले नै को आफ्नो र कोपराई भन्ने छुट्याउन सकिने बताए । डा.यादवले भने ‘लामे मधेश आन्दोलनमा ६ महिनासम्म मधेशी जनता अधिकारको लागि छटपटाई रहँदा , गोली खाईरहँदा राजधानीम बसेर तमासा हेर्ने र एक पटक झाकेर पनि नहेर्नेहरुले फेरी मधेश झरेर सपना बाँडेर जनालाई ठग्न खोज्दैछन् । , त्यस्ताह बहुरुपियाहरुबाट तपाई सावधान हुनुहोस् ।’ अधिकार र विकासको हिँसाबले पछि परेको मधेशलाई सबै पक्षबाट सम्पन्न गर्न जनताले आफ्नो अमूल्य मत मधेशवादी दललाई दिएर सहयो गर्नु पर्ने विचार व्यक्त गरेका छन् ।
संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका डा.सुरेन्द्र यादव मधेश आन्दोलनमा धनुषा, महोत्तरी र सिरहामा चार महिनासम्म खद्यान्न संकलन तथा वितरण अभियान सञ्चालन गरि हजारौ घरपरिवारलाई राहत प्रदान गरेका थिए ।
Source : Today pati
