Friday, September 7, 2018
Home > स्थानीय > जलेश्वरमा २ घण्टा चक्का जाम

जलेश्वरमा २ घण्टा चक्का जाम

महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा सोमबार दुई घण्टा चक्का जाम भएको छ ।
स्थानियबासिन्दाहरुले जलेश्वरको मुख्य सकडमा बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म दुई घण्टा चक्का जाम गरेका छन् ।
विगत एक महिनादेखि जलेश्वर नगरपालिकाको कार्यालयले बाटो बनाउने भन्दै मुख्य सडकको दुवै छेऊमा स्काईभेटरले खनेर बाटोभरि धुलैधुलो बनाएको विरोधमा स्थानियहरुले जलेश्वरको महादेव मन्दिर, महोत्तरी क्लब र दुर्गा मन्दिर अगाडि गरी ३ स्थानाम चक्का जाम गरेका थिए ।
स्थानिय व्यापारी, बुद्धिजीवि, राजनीतिकर्मी स्थानिय युवा लगायत सरोकारवाला सबैले सडकमा जम्मा गरिएका माटो हटाउनुपर्ने, धुलो नियन्त्रण गर्न बाटोमा पानी हाल्नुपर्ने र तुरुन्त सडक निर्माणको काम सक्नुपर्ने माँग राख्दै चक्काजाम गरेका थिए ।
जिल्लाको सदरमुकामको तीन स्थानमा सडक जाम हुँदा सयौं सवारी साधन, मालबाहक साधन तथा हजारौ यात्रुहरुलाई समस्या भएपछि जलेश्वर नगरपालिका तथा स्थानियहरुबीच दैनिक ३\४ पटक सडकमा पानी पटाउने, सडक निर्माण कार्य दु्रत गतिमा गरिने र जति काम गर्ने त्यति नै बाटो खन्ने सहमति भएपछि सो सडकखण्ड पुनः दुईघण्टा पश्चात सूचारु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *