Friday, September 7, 2018
Home > स्थानीय > जनकपुर युथ क्लवले बृद्धाश्रम तथा अनाथ आश्रममा गरे सामग्री वितरण

जनकपुर युथ क्लवले बृद्धाश्रम तथा अनाथ आश्रममा गरे सामग्री वितरण

जनकपुरधाम । जनकपुर उपमहानगरपालिका वडा नं. ७ स्थित रहेका जनकपुर युथ क्लवले शनिवार जानकी बृद्धाश्रम तथा सद्गुरु कविर वालवात्सल्यमा विभिन्न प्रकारका सामानहरु वितरण गरेका छन् । क्लवका अध्यक्ष सुभाष शर्माको अध्यक्षता तथा धनुषाका सशस्त्र प्रहरी उपरिक्षक रविन्द्र ठाकुरको प्रमुख आतिथ्यमा दुबै स्थानमा फलफुल, लताकपडा तथा खाद्यान्न सामग्रीहरु वितरण गरिएको छ । क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थितीमा एवम् दाताहरु किशोरी प्रसाद ठाकुर र कृष्णा जयसवालद्वारा बृद्धाश्रम तथा अनाथ आश्रममा ती सामग्रीहरु वितरण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभएको छ । साथै जानकी बृद्धाश्रममा शनिवार राति क्लवका पदाधिकारीहरुले नै खाना बनाई दाताहरुको हातबाट आश्रमका बृद्धाहरुलाई सामुहिक रुपमा खाना खुवाइएको अध्यक्ष शर्माले जानकारी दिनुभएको छ ।

जनकपुर युथ क्लव

Leave a Reply

Your email address will not be published. Required fields are marked *