Monday, September 3, 2018
Home > स्थानीय > जनकपुरमा बुरबक समारोह सम्पन्न

जनकपुरमा बुरबक समारोह सम्पन्न

जनकपुरधाम । रंगका पर्व होलीको पुर्व संध्यामा जनकपुरमा विभिन्न संघसंस्थाहरुले होली मनाइरहेका छन् । यसै क्रममा मंगलवार फगुवाको शुभ अवसरमा मैथिल ब्राह्मण समाज केन्द्रिय कार्यालय जनकपुर, मैथिली साहित्यकार सभा तथा चित्रगुप्त सेवा समिति जनकपुरको संयुक्त आयोजनामा बूरबक सम्मेलन जानकी मंदिरको प्राङगनमा सम्पन्न भएको छ । वरिष्ठ पत्रकार राजेश्वर नेपालीको प्रमुख आतिथ्यमा भएको उक्त बुरबक सम्मेलनमा कविहरुले कविताच वाचन गर्दै माहोललाई रंगिन बनाउनु भएको थियो । मैथिल ब्राह्मण समाजका प्रवक्ता प्रमोदानन्द झाले उदघोषण गर्नुभएको उक्त बुरबक सम्मेलनमा कविहरुले कविता बचन गर्दै देशको समसामयिक घटना, प्रेम रस, युवाहरुको अवस्था लागायतका विभिन्न पक्षलाई समेटने काम गरेका थिए । सम्मेलनमा होरैया गाउदै बृद्ध कवि दिगम्बर झा दिनमणिले चटकदार होरैया गाउनु भएको थियो ।
यता, वरिष्ठ कवि विजयदत्त मणि एवम् मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेश ललनले होरैया गाउदै संघियताको माग गर्नुभएको थियो ।
त्यस्तै जनकपुर युथ डेभलपमेन्ट फोर्स सम्पादन समितिका सदस्य एवम् समाजसेवी सरोज मिश्रले कविता वाचन गर्दै युवाहरुलाई लागुपदार्थ सेवनबाट टाढा रहन सल्लाह दिनुभएको थियो ।

1

उक्त बुरबक सम्मेलनका प्रमुख अतिथि वरिष्ठ पत्रकार राजेश्वर नेपालीलाई मैथिल ब्राहमण समाजका अध्यक्ष पवन झा, चित्रगुप्त सेवा समितिका तर्फबाट युगलकिशोर निधि तथा मैथिली साहित्यकार सभाका तर्फबाट प्रेम विदेह ललनले संयुक्त रुपमा बुरबकहाधिकराजको पदले सम्मानित गर्नुभयो । उक्त सम्मेलनमा कविहरु डा. रैवतिरमन लाल, अयोध्यानाथ चौधरी,रामभरत साह, रामस्वार्थ ठाकुर, दिगम्बर झा दिनमणि, विजय दत्त, शम्भुनाथ निर्दोषी, अमरकान्त ठाकुर, सरोज मिश्र, कैलास दास, रंगिला यादव, सुमन कान्त ठाकुर, किरण झा रश्मी,देवेश्वर लाल मून्ना, नागेश्वर मंडल लगायतका दर्जन भन्दा बढी कविहरुले कविता तथा जोगिरा वाचन गर्नुभएको समाजका अध्यक्ष पवन कुमार झाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *