जनकपुर | राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ता माथि प्रहरीले धनुषाको सदरमुकाम जनकपुरमा लाठि चार्ज गरेको छ । केन्द्रियको आन्दोलन कार्यतालिका अनुसार मंगलवार धनुषाको सदरमुकाम जनकपुरमा निर्वाचन कार्यालयमा तालाबन्दि गर्न शान्तिपूर्ण प्रदर्शन गर्दै गइरहेका नेता तथा कार्यकर्ताको टोलीमाथि प्रहरीले लाठि चार्ज गरी हिरासतमा लिएको थियो ।
लोकतान्त्रिक व्यवस्था र अधिकरको तहत आफ्नो हक अधिकारको लागि आवाज उठाइरहेको बेला प्रहरीको लाठि चार्जबाट महिला नेतृ सरिता शर्मा सहित दर्जनौ नेता कार्यकर्ता घाईते भएको राजपा बिद्यार्थी संघका नेता ज्ञानेन्द्र झा “ज्ञानू” ले बताएका छन् ।
शान्तिपूर्ण तरिकाले प्रदर्शनमा उत्रेका नेता कार्यकर्ता माथि प्रहरीले अकस्मात हस्तक्षेप गर्न खोजे पछि नेता कार्यकर्ता र प्रहरी बिच धक्का धुक्किको अवस्था सृजना भएको र स्थिति समान्य पार्न प्रहरीले दर्जनौं नेता कार्यकर्तालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा नेताहरु परमेश्वर साह, संजय सिंह, राजकिशोर साह, ज्ञानेन्द्र झा “ज्ञानू”, प्रमोद यादव, रेनू झा, बिभा पाण्डेय, सुन्तली थापा, मुन्नी मंडल, रीता झा सहित रहेको खबर प्राप्त भएको छ ।
उता पक्राउ परेका नेता कार्यकर्ताहरु लाई तुरुन्त रिहा गर्न बिरोध प्रदर्शन समेत गरिएको थियो |
धनुषामा आज निर्वाचन कार्यालयमा ताल्चा लगाऊंन गएका ५६ जना लाई पक्राउ गरेपछि अहिले बिद्यार्थीहरू द्वारा स्थानीय रामानन्द चोक मा टायर बाली प्रदर्शन हुँदै ।
Posted by Century Times on Tuesday, May 30, 2017















