Friday, September 7, 2018
Home > स्थानीय > जनकपुरमा एमालेको भेला विथोल्न खोज्दा प्रहरी र राजपा कार्यकर्ता बिच झडप , ८ जना घाइते

जनकपुरमा एमालेको भेला विथोल्न खोज्दा प्रहरी र राजपा कार्यकर्ता बिच झडप , ८ जना घाइते

जनकपुर , भदौ १३ गते ।
जनकपुरमा नेकपा एमाललेले आयोजन गरेको प्रदेश नं. २ को चुनावी भेला विथोल्न खोज्दा राजपा नेपालका कार्यकर्ता र प्रहरी बिच पटक पटक झडप भएको छ । एमालेले जनकपुरको पीडारीचोक स्थित जानकीबाटिकामा प्रदेश नं. २ को चुनावी भेला आयोजन गरेको थियो । एमाले मधेश विरोधी पार्टी भएको भन्दै राजपाले विथोल्न खोज्दा पटक पटक भएको झडपमा राजपाका ८ जना जिल्ला नेताकार्यकर्ता घाइते भएका हुन् ।
झडपको क्रममा प्रहरीको लाठीचार्जबाट घाइते हुनेहरुमा रजापाका धनुषा जिल्ला नेता प्रमेश्वर साह, रामजी रोय, विभा ठाकुर, सरिता साह , शिवशंकर साह हिरा, अमर पंजियार लगायत छन् ।
एमालेको भेला चलि रहँदा झण्डै दुई घण्टासम्म पिडारीचोक एरिया तनावमय रहेको थियो । राजपाका नेता कार्यकर्ता टायर बालेर सडक अवरुद्ध गर्दा दुई घण्टासम्म सवारीसाधान आवागमन ठप्प समेत भएको थियो । राजपाका कार्यकर्ताले एमालेको सभास्थल माथि पछाडिबाट ढुंगामुढा गरेपछि केहि वेर भेला विथोलिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *