जनकपुर | एक वर्ष पहिला गंगा दशहाराका दिन देखि सुरु भएको गंगा आरतीको वर्ष गाँठ जनकपुरबासीले मनाईरहेका छन् । अर्थात गंगा आरती सुरु भएको एक वर्ष पुरा भएको अवसरमा विहार राज्यका पुर्व उपमुख्यमन्त्री सुशीलकुमार मोदी महागंगा आरतीमा सहभागी हुन आईरहेको अवस्था छ । यो भन्दा पहिला नेपाल तथा भारतका कयौँ नेता,सरकारी पदका ठुला व्यक्ति लगायतकाहरुले गंगा आरतीमा सहभागी भएर यसको चर्चा देशविदेशमा फैलिएको अवस्थामा जनकपुरको जानकी मंदिर संगै दैनिक गंगाआरती पनि पहिचान बन्न गएको छ । एक वर्ष पहिला सम्म गंगासागरको पानी दुषित भएको कारणले त्यहाँबाट जाने मानिसहरु नाक थुनेर जानुपर्ने अवस्था थियो ।
तर, अहिले त्यहि स्थान आकर्षणको केन्द्र बनेको छ । यहाँका हरेक पक्षको सहयोगमा यस्तो अवस्थामा गंगासागरलाई ल्याउन सफल भएको अवस्था छ । एक वर्ष देखि निरन्तर रुपमा दैनिक गंगाआरती गरेर जनकपुरको धार्मिकता तथा ऐतिहासिकतालाई थप उजागर गर्न सफल भएको गंगाआरतीलाई थप आकर्षित बनाउनु पर्छ । एक वर्ष पहिला भारतको बनासरबाट आएका पंडितले महागंगा आरतीको सुरुवात गरेपनि यहाँका पंडितहरुबाट नियमित रुपमा साँझ गंगाआरती हुदै आएको बेलामा आज देखि पुनः गंगाआरतीको दोस्रो अध्याय सुरु हुने भएको छ । यसरी विशिष्ठ व्यक्तिहरुको सहभागितामा जनकपुरमा हुदै आएको गंगाआरती वास्तवमा जनकपुरका गौरब बन्दै गएको छ । यसलाई निरन्तरता दिनुपर्छ ।


