Friday, September 7, 2018
Home > स्थानीय > च्याउकोट सामुदायीक बनको स्थापना दिवस मनाईयो

च्याउकोट सामुदायीक बनको स्थापना दिवस मनाईयो

सिन्धुली,९ माघ – च्याउकोट सामुदायीक बन उपभोक्ता समुह, कमलामाई नगरपालिका–९ सिन्धुलीले शुक्रबार एक कार्यक्रम गरी आफ्नो २२ औं स्थापना दिवस मनाएको छ ।

च्याउकोट सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष भिष्मराज श्रेष्ठको अध्यक्षता तथा जिल्ला बन कार्यालय सिन्धुलीका जिल्ला बन अधिकृत जिवन कुमार ठाकुरको प्रमुख अतिथ्यतामा मनाइएको स्थापना दिवसमा सामुदायीक बन समुहका सदस्य बलराम अधिकारी र राजन कार्कीलाई सामुदायीक बनको संरक्षण, व्यवस्थापन र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान समेत गरिएको थियो । स्थापना दिवसको अवसरमा बन उपभोक्ता समुहका परिवारका ३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

22

कार्यक्रममा सामुदायीक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुलीका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, च्याउकोट बन उपभोक्ता समुहका सल्लाहकार विनोद श्रेष्ठ, पत्रकार महासंघ सिन्धुलीका पुर्व सभापति श्यामहरि अधिकारी, समुहका निवर्तमान अध्यक्ष कृष्ण कार्की, शिद्धथान सामुदायीक बन उपभोक्ता समुहका उपाध्यक्ष शुक्र विसंके लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै बक्ताहरुले सामुदायीक बनलाई अझ व्यवस्थित बनाउँदै लैजानका लागी उपभोक्ताहरु सचेत र जागरुक हुनुका साथै उपभोक्ता समुहले गर्ने सम्पूर्ण आर्थीक गतिविधीहरु पारदर्शी हुनुपर्ने कुरामा जोड दिएका थिए ।

२०४९ सालमा स्थापना भएको च्याउकोट सामुदायीक बन उपभोक्ता समुहले पशुपालन र विभिन्न् आयआर्जनका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको समुहका सचिब नेत्र कुमार दाहालले जानकारी दिए । कार्यक्रममा समुहका सदस्यहरुले लामो समय देखी समुहको साधारणसभा नभएको भन्दै साधारणसभा र आर्थीक हिसाब किताब सार्वजनिक गर्नुपर्ने माग समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *