Friday, September 7, 2018
Home > अन्तर्राष्ट्रिय > चीनमा पूर्वसुरक्षा प्रमुख चोङलाई आजीवन काराबासको सजाय

चीनमा पूर्वसुरक्षा प्रमुख चोङलाई आजीवन काराबासको सजाय

काठमाडौं । चीनका पूर्वसुरक्षा प्रमुख चोङ योङकाङलाई आजीवन कारावासको सजाय सुनाइएको छ । उत्तरी तियान्जिनमा भएको बन्द सुनुवाइका क्रममा उनी दोषी ठहरिएका हुन् ।

चिनियाँ सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार घुसखोरी, सात वर्षसम्म शक्तिको दुरुपयोग गरेको र चार वर्षसम्म नियमतवश मुलुकको गोप्यता भंग गरेको अभियोगमा उनी दोषी पाइएका हुन् ।

चोङलाई अब सबै राजनीतिक अधिकारबाट बन्चित गरिएको छ भने उनको सम्पत्ति पनि जफत गरिएको छ । सन् २०१२ मा अवकाश पाउनुअघि उनी मुलुकका शक्तिशाली व्यक्तिहरु मध्ये पर्दथे ।

त्यसको एक वर्षपछि सी जिनपिङ राष्ट्रपतिमा निर्वाचित भएपछि उनको वृहत भ्रष्टाचारविरोधी अभियान चलेपछि चोङ अनुसन्धानमा तानिएका थिए ।

नौ महिनासम्मको अनुसन्धानपछि उनीमाथि मुद्दा चलाइएको थियो । त्यसपछि उनी कम्यूनिष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *