Friday, September 7, 2018
Home > मनोरञ्जन > चार नेतालाई पेन्टी उपहार दिने लक्ष्मी दिदीको चाहना

चार नेतालाई पेन्टी उपहार दिने लक्ष्मी दिदीको चाहना

 

काठमाडौं,१४ माघ–नेपाली चलचित्र क्षेत्रकी पुरानी एवं चर्चित कलाकार लक्ष्मी गिरीलाई नेताले यती लामो समय पाउँदा पनि संविधान नबनाएपछि खुबै रिस उठेको रहेछ ।

1

उनले संबिधान बनाउन नचाहाने मुख्य चार नेताको पनि पहिचान गरिसकेकी छिन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशिल कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र मधेसी मोर्चाका संयोजक विजय गच्छदार संबिधानका लागि मुख्य बाधक रहेको उनको ठहर छ ।

लक्ष्मीले चारै जना नेतालाई असक्षम नेताको पगरी गुथाउने नयाँ आइडिया सुनाइन् ।
उनको चाहना चारै जना नेतालाई भित्री बस्त्र मात्र लगाएर संविधान सभामा नाचुन् भन्ने छ । यसका लागि उनी चार नेतालाई सितारा र पोते जडित पेन्टी उपहार दिन चाहन्छिन् ।

‘जनतालाई ग्यास छैन, विजुली छैन, देशमा संविधान छैन । यी सबै नेता असक्षम भए ।’ लक्ष्मीले भनिन- ‘कसैले मलाई संविधान सभामा जान दिन्छ र सुरक्षा दिन्छ भने म चार नेतालाई पेन्टी उपहार दिन्छु ।’

नेताहरु नाच्ने गीतको पनि टुंगो लगाइसकेकी छिन लक्ष्मीले । चर्चित हिन्दी फिल्म गीत ‘मुन्नी बदनाम हुई’ मा ४ नेताले नाच्नुपर्ने उनको सुझाव छ ।

यस्तो बुढेशकालमा यति उटपट्याङ कुरा गर्न डर लाग्दैन ? देशका लागि त्याग गर्ने बेला भएकाले आफुलाई कुनै डर नलागेको बताइन् । उनले भनिन्, ‘मैले पति, सन्तानदेखि जीवनका हरेक सुख र दुःखको अनुभव लिइसकें । अब मलाई डर किन लाग्छ र ?

 

लक्ष्मी गिरीले अर्को कुरामा पनि आपत्ती जनाइन् । कपुर खानदानकी चर्चित नायिका करिना कपुरले ‘चिपकाले शैया फेबिकोलसे’ बोलको गीतमा नाचेको पनि उनलाई चित्त वुझेको छैन ।

उनले भनिन्-‘भारतदेखि विश्वमै चर्चित बनेकी एक नायिकाले यस्तो गीतमा नाच्न सुहाउँछ । उनका आफन्त, परिवारले के भन्लान् ? करोड लिएर नाँचे त्यो ग्ल्यामर हुन्छ । नेपालका नायिकाले यस्तै गीतमा नृत्य गर्दा भल्गर भयो ?
उनले थप आक्रोश पोख्दै भनिन- नेपाली चलचित्रमा पैसा छैन, नायिकाहरु हजारमा पनि नाँच्छन् यसैले यो भल्गर भनिन्छ । छोटो लुगा लगाउनु भल्गर हैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *