Friday, September 7, 2018
Home > राष्ट्रिय > चर्नावती खोलाको पक्की पुल बाढीले बगायो, चार जिल्ला प्रभावित

चर्नावती खोलाको पक्की पुल बाढीले बगायो, चार जिल्ला प्रभावित

दोलखा। दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १३ स्थित चर्नावती खोलामा रहेको पुल बाढीले बगाएको छ ।
पुष्पलाल मार्गमा पर्ने उक्त खोलाको पुल बगाएपछि काठमाडौँबाट दोलखा–रामेछाप–ओखलढुङ्गा र सोलुखुम्बु जाने यात्रुलाई समस्या परेको छ ।
pakkibul copy
शनिबार बर्षासँगै सेलाङ खोलामा आएको बाढीले पुल बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक सन्त लामाले जानकारी दिए ।
बाढीले पुलसँगै रहेको एउटा फर्निचर उद्योग पनि बगाएको प्रहरीले जनाएको छ ।
लामोसाँघु जिरी सडक निर्माणका क्रममा स्वीस सरकारले बनाइदिएको उक्त पुल ०४४ सालमा पनि बाढी बगाएको थियो ।
प्रहरीले सो क्षेत्र हुँदै राजधानी र राजधानीबाट जिल्ला आउने सवारी साधनलाई खुर्कोट क्षेत्रतर्फ ओहोरदोहोर गर्न आग्रह गरेको छ ।
डिभिजन सडक कार्यालय दोलखाका कार्यालय प्रमुख कमलेश कर्णले छिटै सडक सञ्चालनको व्यवस्था गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *