सर्लाही, पुस २३ – जिल्ला प्रशासन कार्यालय सर्लाहीका खरिदार रामनारायण झा घुस लिँदालिँदै पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हटौंडाको टोलीले झालाई सेवा ग्राहीसँग दश हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रिय कार्यालय हेटौंडाका प्रवक्ता महेन्द्रनाथ भटराईले जानकारी दिए ।
