Monday, September 3, 2018
Home > राष्ट्रिय > ग्रीसलाई तेस्रो राहत प्याकेज दिनेबारे युरोजोनका नेताहरुबीच सहमति

ग्रीसलाई तेस्रो राहत प्याकेज दिनेबारे युरोजोनका नेताहरुबीच सहमति

काठमाडौं । आर्थिक संकटमा फसेको युरोपेली मुलुक ग्रीसलाई तेस्रो राहत प्याकेज दिनेबारे ‘युरोजोन’का नेताहरुबीच एकमतले सहमति भएको छ ।
grce-final-fianl
युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टस्कले ग्रीसको गम्भीर सुधार र वित्तिय सहयोगका लागि सहमति भएको जानकारी दिएका छन् ।

ब्रसेल्समा १६ घन्टाभन्दा बढी समयसम्म घनिभूत छलफल भएपछि यो सहमति भएको हो । युरोजोनका नेताहरुबीचको सहमतिलाई ग्रीसको संसदले अनुमोदन गर्नुपर्ने हुन्छ ।

ग्रीक प्रधानमन्त्री अलेक्सिस सिप्रास, जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ ओलान्ड र युरोपीय परिषद्का अध्यक्ष डोनाल्ड टस्कबीच समस्याको समाधान खोज्न दुई–दुई पटक शिखर सम्मेलन रोकिएको थियो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *