Monday, September 3, 2018
Home > अर्थ > गाउँपालिकाले १० करोडदेखि ३९ करोडसम्म बजेट पाउने

गाउँपालिकाले १० करोडदेखि ३९ करोडसम्म बजेट पाउने

नगरपालिकालाई ४३ करोड, उपमहानगरलाई ६३ करोड

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि एउटा गाउँपालिकालाई न्यूनतम १० करोड र अधिकतम ३९ करोडको बजेट छुट्याएको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार बजेट भाषण गर्दै गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म बजेट दिने घोषणा गरेका हुन् ।

त्यसैगरी नगरपालिकाले न्यूनतम १५ करोडदेखि ४३ करोडसम्म अनुदान पाउने भएका छन् ।

त्यसैगरी एउटा उपमहानगरपालिकाले न्युनतम ४० करोडदेखि अधिकतम ६३ करोडसम्म केन्द्र सरकारबाट अनुदान पाउने छ । देशभरि १३ वटा उपमहानगरपालिका छन् ।

एउटा महानगरपालिकाले कम्तिमा ५६ करोडदेखि अधिकतम १ अर्ब २४ करोडसम्म अनुदान पाउने अर्थमन्त्री महराले घोषणा गरेका छन् ।

देशमा ४ वटा महानगरपालिका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *