Friday, September 7, 2018
Home > राष्ट्रिय > क्यान्सर रोग पत्ता लगाउने नयाँ मेसिन नेपाल भित्रियो

क्यान्सर रोग पत्ता लगाउने नयाँ मेसिन नेपाल भित्रियो

d

काठमाडौं। सुरिया डाइगोनोस्टिक प्रालिले क्यान्सर रोग लागे/नलागेको र क्यान्सर कुन तहसम्म पुगेको छ भनी निक्र्यौल गर्ने मेसिन भित्र्याएको दाबी गरेको छ ।

‘पोजिट्रोन इमिसन टोमोग्राफी’ नामक यो मेसिन नेपालमा पहिलोपटक भित्र्यााएको दाबी पनि सो प्रालिले गरेको छ ।

क्यान्सर परीक्षण गर्ने उपयुक्त मेसिनको अभावमा वर्सेनि १५ हजार मानिस भारत जाने गरेकामा अब सोक्रम रोकिने सुरिया डाइगोनोस्टिक प्रालिका प्रमुख डा. क्रितान्जली कोइरालाले बताइन् ।

भारतको चेन्नईस्थित सुरिया हस्पिटल र सुरिया डाइगोनोस्टिकको संयुक्त लगानीमा यो सेवा सुरु गरिएको जनाइएको छ ।

सो मेसिन सन्चालन गर्न भारतबाटै चिकित्सक ल्याइएको पनि जनाइएको छ ।

Source : imagekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *