सिन्धुली २५ पुस –एकीकृत नेकपा(माओवादी)का तत्कालिन केन्द्रीय सदस्य तथा जनमुक्ति सेना नेपालका तत्कालिन विग्रेड कमिसार शहीद शेरमान कुावर(विशाल)को आमा पवित्रा कुावरको दुखद निधन भएकोमा एकीकृत नेकपा(माओवादी) का अध्यक्ष प्रचण्डले प्रेश विज्ञप्ती मार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन ।
एकीकृत माओवादीका केन्द्रीय अध्यक्ष प्रचण्डद्धारा जारी विज्ञप्तीमा महान शहिदलाई जन्मदिने आमा र महान शहिदले देख्नुभएको परिवर्तनको सपना पुरा गर्न परिवारजनलाई शोकलाई शक्तिमा बद्ल्न आग्रह गरिएको छ ।
त्यस्तै नेकपा–माओवादी सिन्धुलीले पनि शुक्रबार नै एक विज्ञप्ती जारी गर्दै कुावरको मृत्यूमा दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । जिल्ला सेक्रेटरी डम्बर कार्कीद्धारा जारी विज्ञप्तीमा मृत्यूको खबरले आफुहरुलाई दुखित बनाएको उल्लेख छ ।
जनयुद्धका शहीद शेरमान कुावर(विशाल)को आमा पवित्रा कुावरको गत पौष १३ गतेका दिन कनपा–४ स्थित मिलनचोकमा ८७ वर्षको उमेरमा मृत्यू भएको थियो । त्यस्तै आमा पवित्रा कुावरको मृत्यूमा श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय निकाय जिल्ला समितिले कुावरको परिवारलाई सहयोग स्वरुप रु १० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।
