Friday, September 7, 2018
Home > मनोरञ्जन > किन आउँदैछन् विश्वभरिका सांसदहरु नेपालमा ?

किन आउँदैछन् विश्वभरिका सांसदहरु नेपालमा ?

काठमाण्डु, १० चैत– बालअधिकारको विभिन्न विषयमा सहकार्य गरी अघि बढ्न विश्वभरका सांसदहरको पहिलो बैठक शुक्रबार नेपालमा हुने भएको छ ।

विश्वभरिका सांसदहरुको सहभागी ‘पार्लियामेन्टरियन्स विदआउट बोर्डर’ अभियानको संयोजकत्वमा उक्त बैठक आयोजना हुने भएको हो । चैत १३ र १४ गते काठमाण्डुमा हुने बैठकले विश्वभरिका बालबालिकाका अधिकारका लागि सहकार्यका क्षेत्रहरु स्पष्ट गर्ने नेपालबाट कार्यक्रमको संयोजन गरिरहेका नेपाली कांग्रेसका सभासद् डिल्ली चौधरीले जानकारी दिए ।

बालबालिकाका अधिकारका लागि संसारभरीका सांसदहरु उकजुट भएर काम गर्न ‘पार्लियामेन्टरियन्स विदआउट बोर्डर’ को अवधारणा नेबेल शान्ति पुरस्कार बिजेता कैलाश सत्यार्थी र ब्राजिलका सांसद क्रिटोभान बुराकले संयुक्त रुपमा अधिल्लो वर्ष ल्याएका हुन् ।

अन्नपूर्णपोस्ट दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *