Friday, September 7, 2018
Home > राष्ट्रिय > कक्षा ११ को परीक्षामा ४७.२६ प्रतिशत उत्तीर्ण

कक्षा ११ को परीक्षामा ४७.२६ प्रतिशत उत्तीर्ण

भक्तपुर,५ माघ – उच्च माध्यामिक शिक्षा परिषद् भक्तपुरले आजकक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ ।

परीक्षामा नियमिततर्फ २ लाख २५ हजार ३७३ जना परीक्षार्थी सहभागी भएकोमा १ लाख ६ हजार ५१७ जना अर्थात ४७.२६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

परीक्षामा ७ जनाको परक्षिाफल स्थगित गरिएको र ४३ जनाको परीगाफल रद्व गरिएको उनले जानकारी दिए । गतवर्ष ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकोमा यसवर्ष ७.५० प्रतिशत उत्तीर्ण संख्या बृद्वि भएको उनले बताए ।

त्यसैगरि आंशिकतर्फ १ लाख ४१ हजार ५७० जना परीक्षार्थी सहभागी भएकोमा ४६ हजार ९३३ जना अर्थात ३३.१५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको अर्यालले जानकारी दिए ।

परीक्षार्थी मध्ये २९ जनाको परीक्षाफल स्थगित गरिएको र ४४ जनाको परीक्षाफल रद्व गरिएको उनले जानकारी दिए । गत जेठ १ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको परीक्षाको नजिता सोमबार सार्वजनिक गरेको हो ।

मोबाइलबाट एसएमएस गरि परीक्षाफल थाहा पाउन सकिने छ । त्यसका लागि मोबाइलको म्यासेज बक्समा HSEB टाइप गरी एक स्पेश दिएर आफ्नो सिम्बोल नम्बर लेखी ५५६६ मा एसएमएस गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *