Friday, September 7, 2018
Home > राष्ट्रिय > एसीसी यु-१६ क्रिकेट इस्टर्न रिजनको सेमिफाइनमा आज नेपाल र मलेसिया खेल्दै

एसीसी यु-१६ क्रिकेट इस्टर्न रिजनको सेमिफाइनमा आज नेपाल र मलेसिया खेल्दै

काठमाडौं । एसीसी अण्डर सिक्सटिन क्रिकेट च्याम्पियनसिप इस्टर्न रिजनको सेमिफाइनमा नेपालले आज मलेसियासँग खेल्दै छ ।

थाइल्याण्डमा जारी प्रतियोगितामा समूह ‘ए’ को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो ।

उच्च मनोबल बनाएको नेपालले आज मलेसियालाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्य लिएको छ ।

नेपाल रहेको समूहमा आयोजक थाइल्याण्डसहित हङकङ र म्यानमार रहेका थिए ।

यस्तै समूह ‘बी’ को उपविजेताको रुपमा मलेसियाले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।

मलेसिया रहेको समूहमा भुटान, चीन र सिंगापुर थिए ।

प्रतियोगितामा अपराजित रहेको नेपालले समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *