काठमाडौ । स्थानीय तहको चुनाव घोषणा र थ्रेस होल्ड लागू भएसँगै स–साना दल एकीकरणतर्फ लम्किएका छन् ।
केही दिनपहिले पहिले मात्र विभिन्न साना दलहरु एकीकृत भएका थिए भने अहिले मधेशी मोर्चाभित्र पनि एकीकरणको चर्चा चलेको छ ।
एकताका लागि मोर्चाभित्र विभिन्न कोणबाट छलफल चलिरहेको छ । सोहि कारण छलफल र वार्ताका लागि महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टीले एक कार्यदल बनाएको छ ।
पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवको नेतृत्वमा तीन सदस्य कार्यदल गठन गरिएको हो । कार्यदलमा पार्टीका नेता सत्यनारायण मण्डल र पेशल ढकाल रहेका छन् ।
सो कार्यदलले आजदेखि मधेशी मोर्चामा आवद्ध विभिन्न दलहरुसँग छलफल गर्ने नेता यादवले बताए । उनले आजै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तमलोपका अध्यक्ष महन्थ ठाकुरसँग कुरा गर्ने भएका छन् ।
महेन्द्र राय यादवको पार्टीले शरतसिह भण्डारीको पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टी र राजेश किशोर यादवको मधेशी जनअधिकार फोरम गणतान्त्रिकसँग एकीकरणको प्रकृया अगाडि बढाई सकेको छ । एकीकरणको प्रकृया अन्तिम चरणमा पुगेको बताइएको छ ।
स्रोत ः रातोपाटी
