Monday, September 3, 2018
Home > राजनीति > उम्मेदवार चयन गर्न कांग्रेसले बनायो १७ सदस्यीय संसदीय समिति

उम्मेदवार चयन गर्न कांग्रेसले बनायो १७ सदस्यीय संसदीय समिति

काठमाण्डौं: नेपाली कांग्रेसले आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न केन्द्रीय संसदीय समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले १७ सदस्यीय समिति गठन गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले १७ सदस्यीय समिति गठन गरेको हो। समितिमा सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, बरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सितादेवी यादव, नेताहरु खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि सदस्य रहेका छन्।

यस्तै नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, प्रकाशसरण महत, बालकृष्ण खाँड, अर्जुननरसिह केसी र चित्रालेखा यादव पनि संसदीय समितिमा सदस्य चयन भएका हुन्।
समितिले असोज २७ गतेसम्म प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने कांग्रेस नेता केसीले बताए। उनले देशभरबाट सिफारिस भएका नामहरुबाट चुनाव जित्न सक्नेलार्इ समितिले उम्मेदवार चयन गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *