Friday, September 7, 2018
Home > राजनीति > उपप्रधान तथा परराष्ट्रमन्त्री महरा, जनार्दन शर्मा गृहमन्त्री

उपप्रधान तथा परराष्ट्रमन्त्री महरा, जनार्दन शर्मा गृहमन्त्री

काठमाडौं । देउवा सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्ने भएका छन् । उनी उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् भने जनार्दन शर्मा प्रभाकर गृहमन्त्री बन्ने भएका छन् ।

माओवादी हेडक्वाटरको बुधबार बसेको बैठकले देउवा सरकारमा पार्टीको नेतृत्व महराले गर्ने निर्णय गरेको हो । उनी प्रचण्ड सरकारमा उप्रपधान तथा अर्थमन्त्री थिए ।

यस्तै गृहमा जनार्दनलाई पठाउने निर्णय भएको छ । उनी प्रचण्ड सरकारमा उर्जामन्त्री थिए ।

माओवादी बैठकमा प्रभु साहलाई विना विभागीय मन्त्री बनाउने छलफल भएको थियो । तर, सरकारको नेतृत्वकर्ता दल कांग्रेससँग छलफल नभएकाले निर्णय भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *