Friday, September 7, 2018
Home > अन्तर्राष्ट्रिय > आमाको उपचारका लागि सिलिगुडी पुगेका नेपाली पक्राउ

आमाको उपचारका लागि सिलिगुडी पुगेका नेपाली पक्राउ

सिलिगुडी प्रहरीद्वारा दंगा भड्काएको आरोपमा मंगलबार साँझ पक्राउ परेका नेपाली नागरिक उदयहाङ फागो आमाको उपचारका लागि आएको पारिवारिक स्रोतले जनाएको छ ।

इलाम जिल्लाको सूर्योदय नगरपालिका फिक्कल निवासी ३५ वर्षीय फागोलाई प्रहरीले सिलिगुडी नजिककैको सालवारीस्थित डनवस्को स्कुल परिसरबाट पक्राउ गरेको थियो । उदयका दिदी साधना फागोका अनुसार आमा गंगामायाको उपचारका लागि उनी आएका थिए । परिवारका अनुसार गोर्खाल्याण्ड आन्दोलनमा फागोको कुनै संलग्नता छैन । निर्दोष व्यक्तिलाई बिनाप्रमाण पक्राउ गरिएको पारिवारिक स्रोतले बताएको छ ।

फागोलाई हिजै सिलिगुडी अदालत पेस गरी अनुसन्धानका लागि १२ दिन प्रहरी हिरासतमा राखिने प्रहरीले जनाएको छ । फागोसँगै पक्राउ परेका सालवारी निवासी नितिन क्षेत्री भने गोर्खा जनमुक्ति मोर्चाका सुकुना क्षेत्रका सचिव हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *