Friday, September 7, 2018
Home > अन्तर्राष्ट्रिय > आतंकवादी गतिविधिमा संलग्न तीन पाकिस्तानीबारे जानकारी दिनेलाई पुरस्कारको घोषणा

आतंकवादी गतिविधिमा संलग्न तीन पाकिस्तानीबारे जानकारी दिनेलाई पुरस्कारको घोषणा

वासिंटन । अमेरिकाले आतंकवादी संगठन ‘तहरिक–ए–तालिवान पाकिस्तान’ (टीटीपी)का नेता मौलाना फजुल्लाहका बारेमा जानकारी दिने व्यक्तिलाई ५० लाख डलर पुरस्कार दिने घोषणा गरेको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ताले सोही समूहका अब्दुल वली र मंगल बाघको नाममा पनि ३०/३० लाख डलर पुरस्कारको घोषणा गरेको जानकारी दिए ।

मौलाना फजुल्लाह सन् २०१३ मा टीटीपीका प्रमुखमा नियुक्त भएका थिए । उनी १६ डिसेम्बर २०१४ मा पेशावरको सैनिक स्कूल हमलाका मास्टर माइन्ड मानिन्छन् । जसमा १३१ विद्यार्थीसहित १५१ जनाको ज्यान गएको थियो ।

यसैगरी उनकै नेतृत्वमा सन् २०१२ मा १७ जना पाकिस्तानी सैनिकको शीरछेदन भएको थियो ।

अब्दुल वली ‘जमात उल अहरार’का प्रमुख हुन्् भने उनकै नेतृत्वमा पाकिस्तानको पञ्जाव हमला भएको मानिन्छ ।

अर्का आतंकवादी मंगल बाघ ‘लस्कर–ए–इस्लाम’का प्रमुख हुन् । सन् २००७ को सेप्टेम्बरमा पाकिस्तानले उनलाई पक्राउ गर्न पुरस्कार घोषणा गरिसकेको थियो । उनकै नेतृत्वमा पाकिस्तान लगायत अन्य देशमा आतंकवादी हमला हुँदै आएको थियो ।

पाकिस्तानका विदेश सचिव तहमिना जंजुआ अमेरिका भ्रमणमै रहेका बेला अमेरिकी बिदेश विभागले आतंककारीहरुलाई नियन्त्रण गर्न पुरस्कारको घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *