Friday, September 7, 2018
Home > Uncategorized > आगलागीमा एकको मृत्यु, १५ लाखको क्षति

आगलागीमा एकको मृत्यु, १५ लाखको क्षति

सुनसरीको मधुवन–७ शुक्रबारेमा गएराति आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ भने १५ लाख रुपैयाँबराबरको धनमालको क्षति भएको छ ।
स्थानीय निर्मला खतिवडाको घरमा अचानक आगलागी हुँदा घरमा रहेका कामदार खोटाङ इन्द्रेणीपुर–९ का धनमया गिरीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिए ।
खतिवडाको घर पूर्णरुपले जलेर नष्ट भएको छ भने आगलागीको समयमा घरमा रहेकी गिरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
आगलागीमा घरमा रहेको अन्नपात, लत्ताकपडा, गरगहना नगदसहित करिब रु १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *