Friday, September 7, 2018
Home > अन्तर्राष्ट्रिय > आइएस प्रमुख बग्दादीले अमेरिकी बन्धक महिलाको बलात्कार गरेको खुलासा

आइएस प्रमुख बग्दादीले अमेरिकी बन्धक महिलाको बलात्कार गरेको खुलासा

काठमाडौं। अतिवादी इस्लामिक संगठन ‘आइएस’का नेता अबु बकर अल बगदादीमाथि एक अमेरिकी सहायताकर्मीमाथि बारम्बार बलात्कार गरेको आरोप लागेको छ ।
Mideast_Islamic_State_Timeline
सिरियामा यसै वर्षको फेब्रुअरीमा मारिएकी अमेरिकी सहायताकर्मीमाथि यौन उत्पीडन भएको आरोप अमेरिकी अधिकारीहरुले लगाएका हुन् । २६ वर्षीया कायला म्यूलरलाई आइएस नेता अबु बकरले बारम्बार बलात्कार गरेको दाबी ती अधिकारीले गरेका छन् ।

अधिकारीहरुले जुन महिनामै यसबारेमा म्यूलरको परिवारलाई जानकारी गराएका थिए । म्यूलरको सन् २०१३ मा सिरियाबाट अपहरण गरिएको थियो ।

आइएसले भने म्यूलर जोर्डनको हवाई आक्रमणमा मारिएको जनाएको थियो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *