Monday, September 3, 2018
Home > स्थानीय > अस्लिल कृयाकलाप गर्दैगर्दा शिक्षक पक्राऊ

अस्लिल कृयाकलाप गर्दैगर्दा शिक्षक पक्राऊ

महोत्तरी । महोत्तरी जिल्लाको प्रकौली गाविसमा मंगलबार अस्लिल कृयाकलाप गर्दैगर्दा एक शिक्षक पक्राऊ परेका छन् ।
पक्राऊ पर्नेमा जलेश्वर नगरपालिका ४ घर भई प्रकौली ४ स्थित दामोदर एकेडमी विद्यालयमा कार्यरत शिक्षक २१ वर्षीय राकेश साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
शिक्षक साहले दामोदर एकेडमी विद्यालयमै रिशेप्सनिष्टको काम गर्दै आएकी सिन्धुली जिल्ला कमलामाई नगरपालिका ४ बस्ने २० वर्षीया परिवर्तित नाम ‘जुली’संग डेरा प्रकौली ४ मा अस्लिल कृयाकलाप गर्दैगर्दा उनलाई घर मालिकले पक्राऊ गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।
घरपट्टीले अस्लिल कृयाकलाप गर्दैगर्दा पक्राऊ गरेका शिक्षक साह र रिसेप्सनिष्ट दुवैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ भने जिल्ला प्रहरीले दुवै जनामाथि केहि सार्वजनिक अपराध मुद्दा चलाएको प्रहरी उपरीक्षक राणाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *