काठमाडौं, फाल्गुन २६ ।
पारस खड्काको कप्तानीका पारीका बाबजुद विश्वकप छनोटमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले मात्र ३८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

सुपर सिक्सको सम्भावना अझै छ ?
अर्को खेलमा हङकङ जिम्बाब्वेसँग हार नजिक छ । यदि यो खेल जिम्बाब्वले जित्यो भने सुपर सिक्समा पुग्ने तेस्रो टोलीको टुंगो नेपाल र हङकङबीचको खेलबाट लाग्नेछ ।
हङकङ र अफगानिस्तानको समान २/२ अंक छ । तर, अफगानिस्तानले समूह चरणका सबै खेल खेलिसकेको छ । अब नेपालले हङकङलाई हरायो भने तीन वटै टोलीको समान २-२ अंक हुनेछ र रन रेटका आधारमा अघिल्लो चरा पुग्ने टोली तय हुनेछ ।
तर, सुपर सिक्समा स्थान बनाउन नेपालले अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउनुपर्छ । नेपाल हार्यो भने हङकङ ४ अंकका साथ सुपर सिक्समा पुग्नेछ ।
