माओवादी अध्यक्ष वैद्यको स्वास्थ्यमा सुधार
काठमाडौँ, पुस १६– रुघाखोकीसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि अपस्ताल भर्ना भएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य अझैं केहि दिन अस्पतालमै बस्नुपर्ने भएको छ ।
स्वास्थ्यमा सुधार आएपनि उनलाई केहि दिन अस्पतालमै भर्ना गर्नुपर्ने चिकित्सकले बताएको अध्यक्ष वैद्यका सहयोगी अरुण उपाध्यायले जानकारी दिए ।
दलको राष्ट्रिय भेला सकिएलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि सोमबार साँझ वैद्यलाई राजधानीको नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
यसैबीच विभिन्न राजनीतिक दलका नेताहरु वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड, तथा नेताहरू जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा एमालेका नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री वामदेव गौतम, माओवादीका उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देवप्रसाद गुरुङलगायत नेता मंगलबार अध्यक्ष वैद्य उपचाररत नर्भिक अस्पतालमा पुगेका थिए ।
अध्यक्ष वैद्यलाई रुघाखोकी, ज्वरो आउनाका साथै दम बढेको र निमोनियाको लक्षणसमेत देखिएको छ ।
