Friday, September 7, 2018
Home > राजनीति > अध्यक्ष ओलीको बंगलादेश भ्रमण रद्द

अध्यक्ष ओलीको बंगलादेश भ्रमण रद्द

c

काठमाडौं। अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोगको प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई लिएर नेताहरुले विदेश भ्रमण धमाधम रद्द गर्न थालेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने भनिएको बंगलादेशको भ्रमण कार्यक्रम रद्द गरेका छन् ।

बंगलादेशको अवामी लिगको राष्ट्रिय सम्मेलनमा भाग लिन उनी आज ६ दिनका लागि ढाका जाने कार्यक्रम थियो ।

यसअघि सभामुख ओनसरी घर्तीले पनि स्वीजरल्यान्डको जेनेभामा हुने अन्तर संसद्सम्बन्धी बैठकमा सहभागी हुने कार्यक्रम रद्द गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *