Monday, September 3, 2018
Home > राष्ट्रिय > अत्याधुनिक हतियार ‘एसएलआर’ लुकाएर राखिएको अवस्थामा प्रहरीले भेट्टायो

अत्याधुनिक हतियार ‘एसएलआर’ लुकाएर राखिएको अवस्थामा प्रहरीले भेट्टायो

e
जुम्ला । जुम्लाको शनिगाउँनजिकै जलजला जंगलबाट अत्याधुनिक हतियार एसएलआर लुकाएर राखिएको अवस्थामा प्रहरीले फेलापारेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लामा सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले फेलापारेको हतियार सार्वजनिक गरेको हो ।

जंगलको स्याउ बगैंचामा झोलामा लुकाइराखेको अवस्थामा हतियार फेलापारेको प्रहरीले जनाएको छ ।

प्रहरीले हतियारसहित एसएलआरको चालवाला पूर्जा, म्यागजिन र २५ राउन्ड गोली फेलापारेको जनाएको छ ।

प्रहरीले केही समय अगाडि बरामद गरेको पेस्तोल, त्यसमा लाग्ने गोली र केही रकम पनि सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *