Strict Standards: call_user_func_array() expects parameter 1 to be a valid callback, non-static method ct_jquery_3level_accordion_menu::header() should not be called statically in /home/centimes/public_html/maithili/wp-includes/class-wp-hook.php on line 298
नेपाल र मलेसियाबीचको खेल स्थगित – Century Times | Maithili Version
Monday, September 3, 2018
Home > खेल > नेपाल र मलेसियाबीचको खेल स्थगित

नेपाल र मलेसियाबीचको खेल स्थगित

शुक्रबार कार्तिक २१ , २०७१

काठमाडौं । कुवेतमा आजदेखि सुरु हुने भनिएको एसीसी यु–१९ प्रिमियर क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो दिनका खेलहरु स्थगित भएका छन् । पहिलो दिन शुक्रबर (आज) नेपाल र मलेसिया तथा अफगानस्तिान र कुवेतबीच खेल हुने तालिका थियो ।

मलेसिया क्रिकेटकाअनुसार प्रतियोगितामा सहभागी राष्ट्रहरु अफगानिस्तान, युएई र साउदी अरबियाका खेलाडीहरुलाई भिसाको समस्या भएपछि पहिलो दिनका खेलहरु स्थगित गरिएका जनाइएको छ ।

‘राउन्ड रोबिन लिग’को आधारमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज मलेसियाको सामना गर्ने तालिका थियो । प्रतियोगिताको पछिल्लो दुई संस्करणको फाइनलमा अफगानिस्तानसँग पराजित भएको नेपाल योपटक उपाधि जितेरै घर फर्कने सुरमा छ ।

नेपालका लागि राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका खेलाडी आरिफ शेखको प्रदर्शन महत्वपूर्ण हुने अनुमान गरीएको छ ।

प्रतियोगितामा नेपालसँगै एसियाका टेस्ट नखेल्ने राष्ट्रहरु अफगानिस्तान, कुवेत, मलेसिया र साउदी अरबिया सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *