Strict Standards: call_user_func_array() expects parameter 1 to be a valid callback, non-static method ct_jquery_3level_accordion_menu::header() should not be called statically in /home/centimes/public_html/maithili/wp-includes/class-wp-hook.php on line 298
निर्देशक आलोक नेम्वाङको शव झुन्डिएको अवस्थामा फेला – Century Times | Maithili Version
Monday, September 3, 2018
Home > मनोरंजन > निर्देशक आलोक नेम्वाङको शव झुन्डिएको अवस्थामा फेला

निर्देशक आलोक नेम्वाङको शव झुन्डिएको अवस्थामा फेला

शुक्रबार कार्तिक २१ , २०७१

काठमाडौं । नेपाली म्यूजिक भिडियो र चलचित्रका चर्चित निर्देशक आलोक नेम्वाङको शव झुन्डिएको अवस्थामा फेला परेको छ । काठमाडौंको धापासीस्थित आफ्नै अपार्टमेन्टको भर्‍याङको रेलिङमा नेम्वाङको शव विहीबार बेलुकी झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

नेम्वाङको मृत्युको विषयमा विस्तृत कुरा खुलेको छैन । प्रहरीले उनले आत्महत्या गरेको प्रारम्भिक रुपमा देखिएपनि यसबारेमा थप अनुसन्धान भइरहेको बताएको छ ।

नेम्वाङको शव पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

‘सानो संसार’ नेम्वाङद्धारा निर्देशित पहिलो र चर्चित चलचित्र हो । दोस्रो चलचित्रका रुपमा ‘कोही मेरो’ निर्देशन गरेका नेम्वाङको तेस्रो चलचित्र ‘अझै पनि’ केही समयपछि प्रदर्शन हुने जनाइएको छ ।

चलचित्रमा निर्देशनमा आउनुअघिदेखि नै नेम्वाङ म्यूजिक भिडियो निर्देशनमा सक्रिए थिए । उनीद्धारा निर्देशित थुप्रै म्यूजिक भिडियो चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *