Strict Standards: call_user_func_array() expects parameter 1 to be a valid callback, non-static method ct_jquery_3level_accordion_menu::header() should not be called statically in /home/centimes/public_html/maithili/wp-includes/class-wp-hook.php on line 298
जनकपुर र लुम्बिनीमा मोदीले सम्बोधन गर्ने – Century Times | Maithili Version
Monday, September 3, 2018
Home > राजनीति > जनकपुर र लुम्बिनीमा मोदीले सम्बोधन गर्ने

जनकपुर र लुम्बिनीमा मोदीले सम्बोधन गर्ने

बुधबार कार्तिक २६ , २०७१

काठमाडौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिने तय भएको छ। त्यस्तै लुम्बिनीमा पनि उनलाई नागरिक अभिनन्दन गरिने भएको छ। दुवै ठाउँमा उनले सार्वजनिक सम्बोधन पनि गर्नेछन्।

आजको कान्तिपुर दैनिकका अनुसार परराष्ट्र मन्त्रालयले उनको यस्तो कार्यक्रम पुष्टी गरेको छ। रामजानकी मन्दिरमा विवाह पञ्चमीको अवसरसमेत परेकाले त्यहाँ पूजा आराधानापछि अभिनन्दन गरिनेछ। लुम्बिनीमा पनि जनकपुरमा जस्तै सम्बोधन र नागरिक अभिनन्दन हुनेछ।

उनी पटनाबाट भिट्टामोड हुँदै मोटरबाटोबाट महोत्तरीस्थित नेपाली सेनाको शेरगण पर्काउली ब्यारेकमा मंसिर ९ गते पुग्नेछन्। त्यहाँबाट पनि उनी रामजानकी मन्दिर मोटरबाटै जानेछन्। सरकारले जनकपुरमा मोदीको कार्यक्रमलाई व्यवस्थापन गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीलाई जिम्मेवारी दिएको छ। उनी पनि जनकपुर निवासी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *