बुधबार कार्तिक २६ , २०७१
काठमाडौं । चीनमा गैरकानुनी रुपमा प्रवचन दिएको अभियोगमा २२ जनालाई जेल सजाय तोकिएको छ । चीनको शिंगजियांगको विभिन्न सहरमा गैरकानुनी रुपमा प्रवचन दिएर जनतामा अन्धविश्वास फैलाएको भन्दै केहीले विरोध गरेपछि उनीहरु पक्राउ परेका थिए ।
उनीहरुलाई ५ देखि १६ वर्षसम्मको जेल सजाय तोकिएको छ ।
सजाय पाएका २२ जनाले प्रवचनका क्रममा विभिन्न धर्म परिवर्तनलगायत अन्धविश्वास हावी हुने सन्देश प्रचार–प्रसार गरेका थिए ।
सजाय सुनाइएपछि उनीहरुले चीन सरकारविरुद्ध नाराबाजी गरेका छन् । (एजेन्सी)