Strict Standards: call_user_func_array() expects parameter 1 to be a valid callback, non-static method ct_jquery_3level_accordion_menu::header() should not be called statically in /home/centimes/public_html/maithili/wp-includes/class-wp-hook.php on line 298
चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेला सुरू – Century Times | Maithili Version
Monday, September 3, 2018
Home > राष्ट्रिय > चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेला सुरू

चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेला सुरू

बिहिबार कार्तिक २० , २०७१

पाल्पा । चिच्चाएर वर माग्ने पाल्पाको सत्यवती माईको तीन दिने मेला सुरू भएको छ । गोठादी र कोलडाँडा, सिद्दार्थ राजमार्गको चौबिसमाइल, झुम्सा पानीमिलबाट सत्यवती जानेको भीड बढेको छ । कात्तिकमै पुर्णिमा पर्ने वर्ष यस क्षेत्रमा सत्यवती माईको मेलामा ‘जोग’ परेको भन्ने गरिन्छ । मेला पूर्णिमाको दिनसम्म रहन्छ ।
बिहानैदेखिको भीड बेलुका अबेर र रातीसम्म पनि रहन्छ । रातभर श्रद्धालुहरू चिच्चाउने, वर माग्ने र बिहान उज्यालो नहुने फर्कने पुरानो चलन भएपनि पछिल्लो समयमा भने यस्तै छैन । दिउँसोमै पनि चिच्चाएर वर मागेर, पुजा गरेर फर्कने गर्छन् । बाँसको लिंगोसहित फुलपाती, अक्षता, प्रसाद साथै बलीसमेत दिनेगरी यहाँ पुग्छन् ।

रातीमा घडीले मध्यरातको १२ कतिबेला बज्ला भनी पर्खेकाहरू सल्वलाउन थाल्छन् । यहाँ मध्यरातमा वर माग्यो भने मनले चिताएको पुग्छ भन्ने जनविश्वास छ । जंगलको बीचमा रहेको तालमा यसवर्ष पानीसमेत जमेको छ । दिनभरी मानिसको ओहोरदोहोरले रातीमा पानीसमेत बढेको अनुभव हुन्छ । सत्यवती जंगलको रूखमुनी आगो बालेर, कम्मल ओढेर बसेकाहरू पनि हतारिएर वर माग्ने गर्छन् । मध्यरातमा घडीले १२ बजाउन सुरू भएपछि जंगलको बीचमा चिच्चाहटको स्वर गुन्जिन थाल्छ, ‘एऽ सत्यवती बज्यै………सत्यवती माई मनले चिताएको पुर्याईदेउ । सत्यवती माईकी जय ।’

कात्तिके पुर्णिमाको अवसरमा पाल्पाको सत्यवती तालको वरिपरी तीन दिन यस्तै गुन्जाहट रहन्छ । दिनभर पनि मेला भर्न, पुजा आजा गर्न र सत्यवतीसंग वर माग्नेको घुईचो लाग्छ । रातीमा पनि धेरै भन्दा धेरै युवायुवतीको सहभागीता हुन्छ । सत्यवती मन्दिर व्यवस्थापन समितिका अनुसार यसवर्ष २ लाखको हाराहारीमा मेलामा मानिस पुग्ने अनुमान छ । गाउँका अगुवा सुनबिर गाहाका अनुसार धेरैले वर माग्ने, कतिले पुजा गर्ने र कतिपय मेला हेरेर फर्किन्छन् ।

मुलुकमै कहि नभएको चिच्चाएर वर माग्ने मेला यहाँ लाग्छ । मेला लाग्न पनि जोग (साईत) पर्नुपर्छ । हरेकवर्ष यहाँ नलाग्न पनि सक्छ । कोलड“ाडा– १ र ४ को बीच जंगलमा रहेको तालमा कात्तिकमा कात्तिके पुर्णिमा परेमात्रै मेला लाग्छ । मेला स्थानीय मन्दिर व्यवस्थापन समितिले लगाउनुपर्दैन । मानिसहरूको स्वस्र्फुत भिडले पुरै जंगल ढाक्ने पुरानो चलन हो ।

सत्यवती माईको मन्दिर रहेकाले दर्शन गर्न तीन दिन जंगलको बीचमा लाखौ मानिस जाने गर्छन् । हज्जारौ भक्तजन सिद्धार्थ राजमार्गको २४ माईल र झुम्सा, पानीमिलबाट दुईतीन घण्टा ठाडो उकालो चढेर सत्यवती मेला भर्न, भाकल गर्न र पुजाआजा गर्ने गर्छन् ।

कात्तिकको पुर्णिमाको अघिल्लो दुई दिनदेखि यहाँ मेला लाग्छ । स्थानीय सुन्दर गाहााका अनुसार तीन दिन अघि नै सत्यवतीमा जाने, वली चढाउने, बर माग्ने क्रम सुरू हुन्छ ।

उनले भने ‘जंगलको बीचमा भएर भिड व्यवस्थापन गर्न समस्या हुने गर्छ । गतवर्ष जोग (कात्तिकमै पुर्णिमा नभएको) नपरेकाले यसवर्ष बढी भिड हुने अनुमान छ । प्रायः एक वर्ष जोग पर्ने र अर्कोवर्ष नपर्ने हुन्छ । यसवर्ष जोग परेको छ । भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे पर्छ ।–उनले भने,–‘जोग परेको छ । त्यसैले यसवर्ष अधिक भिड भएको हो ।’

सत्यवती ताल व्यवस्थापन समितिका अनुसार यसवर्ष २ लाख बढी भक्तजनले सत्यवती माईको दर्शन गर्ने अनुमान छ । स्थानीय प्रेम दर्लामीमगरका अनुसार विगतको वर्षमा भन्दा यसवर्ष अझै बढी श्रद्धालुले सत्यवतीमाईको दर्शन गर्नेछन् ।
जंगलको बीचमा रहेको तालको तीन पटक चिच्चाएर वर माग्दै घुमिन्छ । स्याङ्गजाको मालुङ्गाबाट वर माग्न आएकी दिपा बस्यालले पहिले रातीमा मात्र आउने भएपनि अहिले दिउँसोमा चिच्चाएर मागेको वर पनि पाईने विश्वास लाग्ने गरेको बताईन् । उनले भनिन् –‘त्यसैले रातीमा र दिउँसोमा आउनेको कुनै फरक पर्दैन । कतिपयले भने रातीमा आउने र मध्यरात वर माग्ने गर्छन् ।’

तालको छेउमा बा“सको लिङ्गो गाडेर पुजा गर्ने गरिन्छ । यसरी चिच्चाएर बर माग्ने नेपालकै एक मात्र धार्मिकस्थल भएको मन्दिर व्यवस्थापन समितिको दाबी छ । श्रद्धालुले चढाएको भेटीको व्यवस्थापन भने राम्रो गर्न नसकिएको समितिले स्वीकार्ने गर्छ । दुईवर्ष अघि ३ लाख भेटी दुईदिनमा संकलन भएको थियो । यहाँ अझै पनि भेटीको राम्रो व्यवस्थापन छैन । भेटीको राम्रो व्यवस्थापन हुन सक्यो भने यस क्षेत्रको विकास हुने त्यहाँ पुग्ने श्रद्धालुहरू बताउँछन् ।

अहिलेसम्म मोटरबाटो पुग्न सकेको छैन । बिजुलीको राम्रो व्यवस्थापन हुन सकेको छैन । पहिले पहिले जस्तो अवस्थामा थियो, ताल अहिले पनि उस्तै अवस्थामा छ । पुजा गर्ने र यहाँ व्यवस्थापन गर्नेमा समितिको खासै चासो देखिदैन । परम्परागत रूपमा जस्तो चलेको उस्तै भएकाले पनि अहिलेसम्म खासै प्रगतिसमेत हुन सकेको छैन । सत्यवतीको महिमा जति छ त्यति प्रचार प्रसार हुन सकेको छैन ।

तीन दिनमा सत्यवती मन्दिरमा जानेहरूले १० हजार बढी बली दिने अनुमान छ । श्रद्धालुले परेवा उडाउँछन् । लाखौंले वर माग्ने, पुजाआजा गर्छन् । अत्यधिक भिडकै कारण मेलालाई व्यवस्थित गर्न आयोजकलाई हम्मे हम्मे पर्छ । स्थानीय विष्णु थापाले भने, ‘भिड थामि नसक्नु भएपछि आधा भन्दा बढीसंग त बोका चढाएको दान संकलन गर्न समेत भ्याउने अवस्था हुन्न । एकदुई रूपैया भेटीको त कुरै भएन, जति नचढाउन अनुरोध गरेपनि तालमै पैसा फालिदिएर हैरानी पुर्याएका छन् ।’ यहाँ तालमा पैसा फालिन्छ । यो पैसा उठाउन जान सकिदैन । पानी सुक्दा यहाँ दलदल हिलोमा गडेर देखिदैन । खनेर निकाल्न पनि समस्या हुन्छ । कागजको नोट र सिक्का यहाँ फ्याकिन्छ ।

धार्मिक महत्व कै कारण पाल्पा साथै छिमेी जिल्ला रूपन्देही, स्याङ्गजा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, दाङ्ग कास्की, काठमाण्डौ लगायत भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट समेत यहा मेला भर्न आउने गर्छन् ।
सत्यवतीमाईले कानले नसुन्ने भन्ने जनश्रुती छ । तालको छेउमा बेस्सरी चिच्चाएर वर माग्नुपर्ने विश्वास छ । चिच्चाई चिच्चाई बरमागेर पछाडि नफर्केर घरतिर लाग्ने चलन छ । एउटी कानले नसुन्ने बहिरी वृद्ध आईमाई जगप्रन्चदेखि वाक्क भएर सत्यवती ड“ाडाको घनघोर जंगलमा तपस्या गरी वस्ने गर्थिन् । नियम संयममा अटल वृद्धले एक दिन भगवानको दया अनुग्रहले सिद्ध शक्ति प्राप्त गर्न सफल भएको भन्ने उक्ति छ । वृद्ध शरिर सोही तालमा सदाका लागी विलीन भएर अहिले पनि प्रेतआत्मा त्यही तालको सेरोफेरो घुमिरहेको आस्था र जनविस्वास छ । यही कारण पनि यहााँ तालमा आएर चिच्याएर वर माग्ने चलन रहेको हो भन्ने विश्वास छ ।