Strict Standards: call_user_func_array() expects parameter 1 to be a valid callback, non-static method ct_jquery_3level_accordion_menu::header() should not be called statically in /home/centimes/public_html/maithili/wp-includes/class-wp-hook.php on line 298
कसरी चर्चामा आइन् नोरा – Century Times | Maithili Version
Monday, September 3, 2018
Home > मनोरंजन > कसरी चर्चामा आइन् नोरा

कसरी चर्चामा आइन् नोरा

मुम्बई । बलिउडमा यस्ता कयौं अभिनेत्री छन् जसले आफ्नो सौन्दर्यका कारण भारतीय चलचित्र उद्योगमा अलग पहिचान बनाउन सफल छन् ।

कतिपय अभिनेत्रीलाई त हिन्दी राम्रोसँग बोल्न पनि आउँदैन । तर पनि ती अभिनेत्रीका अभिनयमा राम्रो पहिचान छ । नाम लिनुपर्दा कैटरीना कैफ, नरगिस फाखरी, एली अवराम र ज्याकलीन फर्नाडिसलाई लिन सकिन्छ ।

यस्तैमा बलिउडलाई कर्मक्षेत्र बनाउने उदेश्यले क्यानेडियन मोडल नोरा फातेहीपनि यतिबेला चलचित्र अभिनयमा सक्रिय छिन् । मोरक्को मुलकी यी मोडल हालै रिलिज भएको कमल सदानाको चलचित्र ‘रोर: टाइगर्स अफ द सुन्दरबंस’बाट बलिउड अभिनयमा कदम राखेकी हुन् ।

उनी अभिनित चलचित्रको ‘रुबरु’बोलको गीत निकै चर्चामा रहन सफल भएको थियो । नोरा यस अगाडि ‘डव’को बिज्ञापनमा समेत देखिएकी थिइन् ।

अभिनयका अलवा बलिउडका कयौं फेसन शोमा र्‍याम देखिने गरेकी नोरा प्रकाश झाको आगामी चलचित्र ‘क्रेजी कुक्कड फ्यामिली’मा पनि मुख्य भूमिकामा देखिदै छिन् ।

महेश भट्ट प्रोडक्शनको चलचित्र ‘मिस्टर एक्स’मा समेत उनी आइट नम्बरमा देखिदै छिन् । साउथ चलचित्र ‘मिस्टर एक्स’मा आइटम नम्बर गर्न भ्याएकी नोरालाई साउथमा पुरी जगन्नाथले भित्र्याएका हुन् । नोरालाई अहिले भारतीय चलचित्र प्रोजेट लगातार मिलीरहेको छ ।

उनको अहिलेको अभिनय रेसियोलाई हेर्ने हो भने नोरा छिट्टै बलिउडमा चर्चित अभिनेत्री बन्ने अडकाल लगाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *