Strict Standards: call_user_func_array() expects parameter 1 to be a valid callback, non-static method ct_jquery_3level_accordion_menu::header() should not be called statically in /home/centimes/public_html/maithili/wp-includes/class-wp-hook.php on line 298
अविवाहित महिला खेलाडीको गर्भ परीक्षणले निम्त्यायो विवाद – Century Times | Maithili Version
Tuesday, September 4, 2018
Home > खेल > अविवाहित महिला खेलाडीको गर्भ परीक्षणले निम्त्यायो विवाद

अविवाहित महिला खेलाडीको गर्भ परीक्षणले निम्त्यायो विवाद

आइतबार कार्तिक २३ , २०७१

नयाँदिल्ली । आगामी वर्ष दक्षिण कोरियामा हुने विश्व बक्सिङ च्याम्पियनसिपमा भाग लिने भारतीय राष्ट्रिय टोलीका महिला खेलाडी गर्भवती रहे नरहेको परीक्षण गरिएको छ। स्पोर्टस् अथोरिटी अफ इन्डिया (एसएआई) ले खेलाडीको गर्भ परीक्षण गरेपछि यसको निकै आलोचना भइरहेको छ।

गर्भ परीक्षणको नियम अविवाहित र जुनियर महिला खेलाडीमा समेत लागू गरिएको छ। विश्व बक्सिङ महासंघ (आईबा) ले गर्भवती नभएका खेलाडीलाई मात्र पठाउन निर्देशन दिएपछि महिला खेलाडीको गर्भ परीक्षण गरिएको दाबी एसएआईले गरेको छ। आईबाले गर्भ परीक्षण गरिएको प्रमाण पेस नगरिए महिला खेलाडीलाई प्रतियोगितामा भाग लिन नदिने एसएआईले जनाएको छ।

एसएआईका कार्यकारी निर्देशक सुधीर सेठियाले प्रतियोगितामा सहभागी हुने सबै महिला खेलाडीको गर्भ परीक्षण भइसकेको जानकारी दिए। उनले यसबाट कुनै पनि खेलाडीको मानवअधिकार हनन नभएको दाबी गरे। ‘प्रतियोगितामा भाग लिने हो भने हामीले आईबाको निर्देशन मान्नै पर्छ, हाम्रा उद्देश्य खेलाडीको मानवअधिकार हनन गर्नु होइन’, उनले भने।

भारतीय खेलाडीको गर्भ परीक्षण गरिएको यो पहिलो घटना नभएको पनि उनले बताए। ‘यो नियम खेलाडीकै सुरक्षाका लागि हो’, सेठियाले भने। उनले भारतमा यो विषय संवेदनशील भएको पनि स्वीकार गरे। विज्ञहरूले यसलाई मानवअधिकार हननका रूपमा व्याख्या गरेका छन्।

‘आठजना अविवाहित महिला खेलाडीको गर्भ परीक्षण गरिएको छ। मानवअधिकार उल्लंघनको योभन्दा उत्तम उदाहरण अरू के हुन सक्छ’, एएसआईका सल्लाहकार समेत रहेका डा. पीएसएम चन्द्रनले भने। चन्द्रण इन्डियन फेडेरेसन अफ स्पोर्टस्का पूर्वअध्यक्ष पनि हुन्। चन्द्रनले आईबाको विधानमा गर्भ परीक्षण गर्नुपर्छ भन्ने उल्लेख नभएको दाबी पनि गरे। यसबाट अविवाहित महिला खेलाडीको आत्म सम्मानमा चोट पुगेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *